मणिपालमा नर्सहरुलाई २ दिने आधारभूत तालिम शुरु


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका–११ फूलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालले नर्सहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । नर्सहरुको कार्य क्षमता अभिवृद्धिका गर्न तालिमको आयोजना गरिएको अस्पतालले बताएको छ ।
तालिमको शुभारम्भ कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रोफेसर डाक्टर सुवास प्रसाद आचार्य, नेपालिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। सबिन कोइरला, मणिपाल अस्पतालका निर्देशक डा। अभिषेक मास्के लगाएतले तालिमले नर्सहरुमा कार्य क्षमता अभिवृद्धि हुने बताए ।
तालिममा डाक्टरहरु रोशनी राना, स्वयता मर्हजन, प्रभा गौतम, निसा भण्डारी,अस्मिता खनि, कविता सिट्टैला लगाएतले प्रशिक्षण दिनेछन् ।तालिममा मणिपालमा कार्यरत नर्सहरु र अन्य अस्पतालका नर्सहरु गरि ४२ जनाको सहभागिता रहेको छ ।शुक्रबारदेखि शुरु भएको तालिम शनिबारसम्म चल्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।