बेलचौतारामा युआरएलको शाखा


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




वैशाख ८ पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँको बेलचौतारामा शाखा खोलेको छ । नयाँ वर्ष २०८० को अवसरमा युआरएल शुक्लागण्डकी डाइग्नोस्टिक प्रालिको रुपमा युआरएले सेवा विस्तार गरेको हो ।

पोखराको न्युरोड, गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेका युआरएलको यो १४ औं शाखा हो । नयाँ शाखा सुरुआतको अवसरमा यहाँ वैशाख महिनाभर मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । वैशाख महिनाभर होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।

शुक्ला गण्डकी नगरपालिका, खैरेनीटार र भिमादका स्थानीय र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका बिरामीलाई त्यहाँ सम्भव नभएका जाँचहरु सजिलै उपलब्ध गराउन शाखा खोलिएको युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला बताउँछन् ।
तनहुँमा युआरएलको यो तेस्रो शाखा हो । दुलेगौडा र दमौलीमा यसअघि नै युआरएलले सेवा विस्तार गरिसकेको छ ।
युआरएलले यो शाखामा करिब १ करोड लगानी गरेको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले प्रदेशबासीलाई स्थानीय ठाउँमै गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । युआरएलले १४ शाखा र ७ कलेक्सन सेन्टरबाट अहिले सेवा दिइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।