विश्व हिन्दु महासंघ नेपाल कास्कीद्वारा अक्षय तृतीयाको अवसरमा जौको सातु र खुदो पानी वितरण


     अस्मिता घिमिरे    
     वैशाख १० गते २०८० मा प्रकाशित





पोखरा ।
विश्व हिन्दु महासंघ नेपाल कास्कीले वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयाको अवसरमा पोखराको सभागृह हलको अगाडि आज जौको सातु र खुदो पानी वितरण गरेको छ ।

विश्व हिन्दु महासंघ नेपाल कास्कीले बाटोमा हिँड्ने बटुवाहरुलाई आज जौको सातु र खुदो पानी वितरण गरि युवा पुस्तामाझ आजको दिनको महत्व बारे प्रकाश पारेको हो ।

सनातन हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन जौको सातु ,खुदो पानी खाएर र दान गरेर अक्षय तृतीया मनाउछन् ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी मातृशक्ति परिचालन समितिका अध्यक्ष पार्वता पौडेल आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएकाले आजको दिन विशेष रूपमा लिइने बताइन् । आज वास्ताविक सनातन वैदिक धर्मावलम्बीहरुले प्रणय दिवसको रुपमा पनि मनाउन अति उत्तम पर्व भएको बताइन् ।

विश्व हिन्दु महासंघ नेपाल कास्कीका उपाध्यक्ष सावित्री घिमिरेले आज वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र सर्बत पानीले वैशाखको गर्मीमा अमृत समान हुने, थोरै दान गरे पनि धेरै अक्षय फल प्राप्त हुने अर्थात् यस दिन गरेको शुभ कामबाट कहिल्यै नाश नहुने भनेर शास्त्रमा भनेको बताइन् ।जौको सातु र सर्बत खाएमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने स्वास्थ्य विज्ञले पनि बताउँदै आएका छन् ।

पानीको सौजन्य पोखरेली पानीले गरेको थियो ।

विश्व हिन्दु महासंघ नेपाल कास्की समितिका अध्यक्ष जगनाथ कोइरला र महानगर समितिको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।