गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८० मा प्रकाशित




पोखरा, बैशाख १०

गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेलगत्तै चालु अधिवेशन अन्त्य गरिएको हो ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन बैशाख ९ गते शनिबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जनाएका छन् । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

गण्डकी प्रदेश सरकारको शनिबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । शनिबार अपराह्न मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि आकस्मिक रुपमा साँझ मन्त्री परिषद बैठक बसेको थियो । बैठकले अधिवेशन अन्त्य गरेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।