फाइल तस्विर
तनहुँ । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना जारी रहेको छ । तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको हो ।
पछिल्लो मतपरिणाम अनुसार तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । वाग्लेले १३,७४९ पाएका छन् भने नपाली कांग्रेसका गोबिन्द भट्टराईले ८,०३६ मत पाएका छन् । त्यसैगरि नेकपा एमालेबाट सर्वेन्द्र खनालले ४,३९५ मत पाएका छन् ।
उता बारा प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिएका छन्।
बारा-२ मा सार्वजनिक भएको प्रारम्भिक मतगणना अनुसार ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन् । यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाएका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् भने रास्वापाका रमेश खरेलले ८० मत पाएका छन् ।
बारा २ मा ६८ हजार ८८७, चितवन २ मा ७८ हजार २७७ र तनहुँ १ ६३ हजार ७५७ हजार मत खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







