हिमालय लोकस्टारका राजेन्द्र घर्तीमगर भोटको अपिल गर्दै पोखरामा


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




पोखरा । हिमालय आईएमई लोकस्टारका अन्तिम ६ को प्रतिस्पर्धीका रुपमा रहेका राजेन्द्र घर्तीमगरले आफुलाई भोट गरि जिताउन आग्रह गरेका छन् ।

पतिस्पर्धी घर्तीमगरले आज पोखरामा आयोजना भएको एक कार्यक्रम मार्फत आफुलाई जिताउन सम्पुर्णमा अपिल गरेका हुन् । बागलुङको निसीखोला निवासी घर्तीमगर विगत १० वर्षदेखि धौलागिरी र गण्डक क्षेत्रका लोपन्मुख मौलिक गितसंगित जगेर्ना गर्दै गायन क्षेत्रमै निरन्तर लागिपरेका छन् । उनको आवाजमा सजिएका दर्जनौ मौलिक गीतहरु युटुवमा भेट्न सकिन्छ ।

प्रतियोगिताको फाइनलिस्ट ६ जनाको नाम घोषणा भएपछि भोट अपिल गर्दै उनी गृहजिल्ला भिजिट कार्यक्रम सकाएर आज पोखरा हुदै काठमाडौ फर्किएका छन् । ‘प्रतियोगितामा ६ जनाको नाम घोषणा भएपछि ७ गते भोट अपिल गर्न बागलुङका विभिन्न स्थानहरुमा पुगिसकेका छौ’, उनले भने ‘अन्तिम शोको प्रस्तुती पनि मेरो लागि चुनौती भएकोले तयारी गर्न काठमाडौ पुग्नुपर्ने भएकोले सबै ठाउँमा पुग्न सकेनौ,यहि मार्फत भोट अपिल गरेर प्रतियोगितामा मलाई जिताईदिनुहुन अनुरोध गर्दछु ।’

घर्तीमगरलाई भोट गर्नका लागि आईएमई पे एप डाउनलोड गरि लोक स्टार को लोगोमा क्लिक गरि त्यहाँ भोटिङ आउँछ , क्लिक गरेर भोटिङ कोड १२ मा राजेन्द्र घर्तीमगरसङ्गै फोटो आउँछ त्यसमा क्लिक गरेर मनले चाहे जति भोट गर्न सकिनेछ । भोट भोलि बेलुका साँझसम्म मात्रै भएकोले ढिला नगर्न सम्पुर्ण संगित प्रेमीहरुलाई उनले भोटको लागि अपिल गरेका छन् ।

साथै एप मार्फत उनलाई भोट गर्न असमर्थ रहेका शुभचिन्तकहरुका लागि प्रभु बैंकमा रहेको खाता नं. ०३७०१९२२०१२०००१८ मा रकम पठाउन सकिने छ । सोहि रकमले स्वयम घर्तीमगरले एकमुष्ट आईएमई पेमार्फत भोट बढाउन सक्नेछन् । साथै दर्शक र शुभचिन्तकको माया र साथले यो प्रतियोगिताको उपाधि जितेमा देशका विभिन्न स्थानका लोक संस्कृतिमा आधारित लोपन्मुख मौलिक गीतसंगितमा योग्दान गर्ने प्रतिवद्धता जनाएका छन् ।

६ प्रतिस्पर्धीमा अहिले बलराम विश्वकर्मा, पीएन साइँला, सन्तोष क्षेत्री, राजेन्द्र घर्तीमगर, विकास परियार र किरण बीसी छन् । प्रतियोगताको फाईनल शो १३ गते हुने निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।

उनका अनुसार दर्शकको मतको आधारमा फाइनलिस्ट तय भएको जानकारी दिए । हिमालय लोकस्टार हिमालय टेलिभिजन एचडीबाट प्रत्येक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।