चितवन २ रास्वपाका लामिछानेको अग्रता कायमै, पछ्याउँदै एमाले र कांग्रेस


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




पोखरा । चितवन क्षेत्र नम्वर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुरुवाती अग्रता कायम गरेका छन् ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार उनले नेकपा एमाले उम्मेद्वार रामप्रसाद न्यौपानेसँग एक हजार ७७३ मतले अग्रता लिइरहेका हुन् ।

रास्वपाका लाछिानेले ४ हजार ३५८ मत प्राप्त गर्दा एमालेका न्यौपानेले २ हजार ५८५ मतका साथ पछ्याई रहेका छन् ।

यस्तै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २०५ मतसहित उनीहरुलाई पछ्याई रहेका छन् । चितवनमा लामिछाने र कांंग्रेसका श्रेष्ठविचको दुरी २ हजार १५३ मतको छ भने एमालेका न्यौपाने कांग्रेसका श्रेष्ठभन्दा ३०८ मतले अगाडी रहेका छन् ।

राप्रपाका जीवलाल पुरीले ३२ मतका साथ चौंथो स्थानमा छन् । यसअघि चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि स्तह रिक्त भएपछि उपनिर्वाचन भएको हो । अहिले भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको हलमा मत गणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।