दुबईका लागि उडेको विमानमा आगलागी, फोर्स ल्यान्डिङको तयारी


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




काठमाण्डौं । त्रिभूवन विमानस्थलबाट उडेको फ्लाई दुवाईको विमानमा आगलागी भएको छ ।

काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको फ्लाइट नम्बर एफजेट ५७६ सो विमान अहिले काठमाडौंको आकाशमाथि घुमिरहेको छ ।

उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको हो । विमानमा १६९ जना यात्रु रहेको जनाइएको छ ।

यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।