बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
नयाँ शैक्षिकसत्र शुरुसँगै उपाध्यक्ष घर्तीमगरले ११ वर्षका छोरा ग्लजिन घर्तीमगरलाई कक्षा ६ र ५ वर्षकी छोरी यिला घर्तीमगरलाई कक्षा १ मा वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् ।
सरकारी विद्यालयप्रति अभिभावकको सकरात्मक बुझाई रहोस भन्ने हेतुले जनप्रतिनिधिको बालबच्चा पनि सरकारीमै पढाउने अभियानको थालनि आफुबाट गरेको उपाध्यक्ष घर्तीमगरले बताए ।
‘निजी विद्यालयमा मासिक १० देखि १५ हजार खर्च हुँदै आएको थियो,’ उनले भने, ‘ सार्वजनिक विद्यालयमा खर्च पनि कम हुने र पढाई पनि राम्रो हुने भएपछि सरकारीमै भर्ना गरें ।’ गाउँपालिकाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्न लागिपरेको भन्दै उनले भने ‘सामुदायिक विद्यालयमा सरकारको धेरै लगानी छ, हामी स्थानीय सरकारले पनि सार्वजनिक शिक्षामा कसरी गुणस्तर कायम गर्न सकिन्छ भनेर योजना पनि बनाइरहेका छौं,निजी भन्दा सरकारी विद्यालयमा जनशक्ति र पूर्वाधारको हिसाबले अब्बल छन् ।’
बागलुङको निसीखोलामा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालय नमुना विद्यालय पनि हो । विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम, प्राविधिकतर्फ पशु भेटेनरी एवम् ‘प्लस टु’ मा शिक्षा तथा मानविकीशास्त्र पढाई हुँदै आइरहेको छ । हाल विद्यालयमा ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







