पोखरा महानगरपालिका वडा नम्बर ७ ले सामाजिक क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।
क्षमता अभिवृद्धि गर्न सामाजिक क्षेत्रमा क्रियाशिल आमा समूह तथा महिलाहरुकालागि बैशाख १० देखि १४ गतेसम्म ५ दिन तालिम दिइएको थियो ।
तालिममा कसरी प्रभाबकारी ढंगले बोल्ने (भाषण कला) , कसरी कार्यक्रम संचालन (उद्घोषण) गर्ने , नेतृत्व बिकास, समूह निर्माण र सहकार्य , बैठक संचालन सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक बसुन्धरा लामिछामेले जानकारी दिए ।
बिहिवार आयोजित तालिम समापन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले तालिमले महिलाको समग्र क्षमता अभिबृद्दिकालागि सहयोग पुयाएको महसुस गरेको बताए । भाषण , उद्घोषण गर्न , महिला सशक्तिकरण र नेतृत्व बिकासको उद्देश्यले तालिम संचालन गरिएको र सो उद्देश्य अनुसार नै महिलाको क्षमतामा रुपान्तरण आएको वडा अध्यक्ष आचार्यले बताए ।
बिशेष अतिथि नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले ५ दिनको तालिमले महिला दिदी बहिनीहरु निर्धक्क बोल्ने र कार्यक्रम उद्घोषण गर्न सक्ने भएको देख्दा आफूलाई गौरवान्धित महसुस भएको बताए । पौडेलले सिकेका कुरा व्यवहारमा निरन्तर लागम गर्न र समूहका अन्य साथीहरुलाई समेत सिकाउन आग्रह गरे । उनले अतिथिलाई स्वागत गर्दा आयातित माला खादाको सट्टा स्थानीय रुपमै उत्पादन हुने फूलको गुच्छा प्रयोग गर्न आग्रह गरे ।
वडा सदस्य सुनिता जिसी सुनारले अधिकांश महिलामा भाषण गर्न नसक्ने, बोल्न डराउने , कार्यक्रम संचालन गर्न नसक्ने लगायतका समस्या देखिएकाले त्यस्तो समस्या समाधानका लागि क्षमता अभिबृद्दि तालिम वडाले राखेकोमा सहभागि महिलामा गर्ने ज्ञान, सिप र आंट आएको बताइन् । सुनारले महिलाहरुको ५ दिनसम्म उत्साहजनक सहभागिता रहेको बताए ।
वडा सचिव राजेन्द्र पौडेलले वडामा धेरै नै तालिम संचालन गरिए पनि क्षमता अभिबृद्दि तालिम अत्यन्त प्रभाबकारी भएको पाउदा आफूलाई खुसी लागेको बताए । उनले आगामि दिनमा पनि लक्षित समूहको रोजाई अनुसार यस्तै शैलिको कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
समापन समारोहमा अनुभब मन्तब्य ब्यक्त गर्दै परोपकार महिला क्लबका अध्यक्ष कृष्णकुमारी अधिकारी, महिला बिकासकालागि आमा समूहका अध्यक्ष तुलसी बराल, सचिब कमला बराल, महिला क्लबका अध्यक्ष मिना आचार्य, एकल महिला समूहका अध्यक्ष सरस्वती कार्की, परोपकार महिला क्लबका सचिब सपना क्षेत्री, सक्रिय दलित आमा समूहका अध्यक्ष सम्झना परियार, कोषाध्यक्ष मंजुसिंह घोताने, घारी पाटन आमा समूहका सचिब पुजा गिरी, सदस्य खिमा भण्डारी लगायतका सहभागि महिलाले तालिम प्रभाबकारी रहेको बताउदै आफूहरुमा भाषण कला, उद्घोषण कला र नेतृत्व बिकास बारे ज्ञान र सिप प्राप्त भएको, प्रयोगात्मक सिकाईले अनुभब प्रदान गरि आत्म बिश्वास बढाएको बताए । अब कार्यक्रमहरुमा मन्तब्य राख्न सक्ने र समूहको कार्यक्रम आफैले बिधि प्रक्रियापूर्बक चलाउन सक्ने उनीहरुले दृढता ब्यक्त गरेका छन् ।
पोखरा ७ ले आयोजना गरेको ५ दिने तालिममा क्रियाशिल आमा समूह र महिला गरि ४५ जनाले सहभागीता जनाएका थिए । सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
वडा सदस्य तथा तालिम संयोजक बसुन्धरा लामिछानेको अध्यक्षतामा भएको समापन समारोह सहभागि प्रशिक्षार्थी बिनिता अधिकारीले संचालन गरेको थिए ।कार्यक्रममा वडा सदस्य अर्जुन थापा भुजेल, बिष्णुमणि बरालको उपश्थिति थियो ।
संचारकर्मि दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेको कार्यक्रमको अनुगमन नागरिक समाज कास्कीका संस्थापक संयोजक अभियन्ता रामबहादुर पौडेलले अनुगमन गरेका थिए ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







