२५६७ औँ वुद्ध जयन्तीको पावन अवसरमा पोखरामा सप्ताहब्यापी कार्यक्रम रुपमा हुने भएको छ ।
२५६७ औँ वुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा वैशाख १५ गते देखि २२ गते सम्म उक्त कार्यक्रम सप्ताहब्यापी रुपमा सञ्चालन हुने जनाइएको छ ।
शान्ति पद यात्रा धर्मशीला बुद्ध विहार नदिपुर पोखरा बाट शुभारम्भ भई पालिखेचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पोखरा सभागृहमा पुगी धर्म सभामा परिणत हुनेछ ।
“बुद्ध जयन्ती समारोह समिति, कास्की“ को नाममा संगठित भएर बैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउन थालिएपछि विगत एक दशकदेखि सामूहिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरी पोखरामा सप्ताहब्यापी बुद्ध जयन्ती मनाइदै आइरहेको छ ।
पोखरामा वि.सं. २०१० को दशकको अन्ततिरदेखि “बुद्ध जयन्ती“ मनाउने परम्पराको थालनी भएको हो । वि.सं. २०५० सम्म आइपुग्दा पोखरामा बौद्ध मार्गीहरुको संख्या बाक्लिदै गएपछि २०६० को दशकको प्रारम्भबाट पोखरा क्षेत्रभित्रका सबै जनजाति बौद्ध मार्गीहरुलाई समेटेर सामूहिक रुपमा ’बुद्ध जयन्ती’ मनाउन थालिएको हो ।
बुद्ध जयन्ती पर्व मात्र एउटा परम्परा बनोस भनेर बुद्ध जयन्ती समारोह समिति, कास्की प्रारम्भिक कालदेखि सचेत र सजक रहँदै आएको छ । यसले बुद्ध जयन्तीलाई सार्थक र फलदायी बनाउन भगवान् गौतम बुद्धले समस्त प्राणीको हित, कल्याण र सुखका लागि बाँड्नु भएको शिक्षालाई जनस्तरसम्म पुरÞ्याउनु पर्ने दायित्व बोध गरेर बुद्ध शिक्षा प्रचार प्रसारको कार्यक्रमलाई क्षेत्रीय र स्थानीय तहसम्म पुरÞ्याउने प्रयासको थालनी आयोजकले गरेको छ ।
२५६७ औँ वुद्ध जयन्तीको सप्ताहब्यापी कार्यक्रमहरुः

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







