पोखरा । पोखरामा शुक्रबार अपरान्ह वर्षा हुँदा दिउँसै अन्धकार भएको छ । शुक्रबार दिउँसो करिव ४ बजेदेखि वर्षा हुँदा पोखरामा दिउँसै अध्यारो हुन पुगेको हो ।
एक्कासी वर्षा भएपछि सडकमा सडकमा सवारी आवागमनमा पनि कमी आएको छ । विशेष गरि चारपाङ्ग्रे सवारी साधन सञ्चालन भएपनि दुई पाङ्ग्रे सवारी साधन विच बाटोमै रोकिएका छन् ।

केही दिनदेखि पानी पर्न नसक्दा धुम्एिको यहाँको वातावरणमा आजको वर्षाले केही हदसम्म राहत मिल्ने अनुमान गरिएको छ । यस्तै आजको वर्षाले केही सातायता वढ्दै गएको गर्मीलाई राहत समेत मिलेको छ ।
आज पोखराको न्यूनतम तापक्रम १५.८ डिग्रि सेल्सियस र अधिकतम २९.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसैविच जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखालेमौसम सम्बन्धी बुलेटिन जारी गर्दै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेकाले हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







