प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टोलीलाई बधाई


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८० मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् , “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।