हेमजा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०८० को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५६ युनिट संकलन भएको थियो । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले पहिलो रक्तदाता गौरी संकर साकोसका अध्यक्ष एवं ३७ ओैँ पटक रक्तदान गरेका रुद्रनाथ पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले सेवा केन्द्रले स्थापना काल देखि नै महत्त्वपूर्ण काम गर्दै आएको बताउदै रक्तदान गर्दा कुनै शारीरिक हानी नहुने उल्लेख गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णु बाँस्तोला, रामप्रसाद अधिकारी र सल्लाहकार दानबहादुर थापाले शुभकामना दिए ।
सो अवसरमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई स्वागत गरिएको थियो । अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सिबलाल पौडेलले स्वागत र सञ्चालन उपाध्यक्ष देबिप्रसाद अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







