फाइल तस्विर : रामचन्द्र पौडेल, राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।
“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उनको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







