कास्कीको रुपा गाँउपालिका वडा नं ६ भिरचोक स्थित श्री चन्द्र प्रभा मा.विमा दुर्गा कमला शैक्षिक छात्रवृत्ति वितरण तथा मूल्य शिक्षा प्रवर्धन कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
दुर्गादत्त पगेनी द्वारा रु ३ लाख ५ हजारको अक्षय कोषबाट प्राप्त ब्याज वाट कक्षा ६ देखि १२ सम्मका सवोत्कृष्ट तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको हो ।
सवोत्कृष्ट तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ११ का छात्र अस्मत मियाँ, कक्षा ७ का छात्रा साबिया मिया , कक्षा–७ कै छात्रा अस्मिता थापा र कक्षा ६ का छात्रा स्मृति पगेनी गरेर चार जना विद्यार्थी पुरस्कृत भएका छन् ।




विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सवावक्स मियाको अध्यक्ष्तामा भएको कार्यक्रममा रूपा गाँउ पालिका अध्यक्ष नवराज ओझाले व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रमुख अतिथि विशेष अतिथि रुपा गाँउ पालिकाका उपाध्यक्ष लाल सुब्वा गुरुङको पनि उपस्थिती रहेका थियो । कार्यक्रमा (संस्थापक – दुर्गा कमला शैक्षिक अक्षयकोषका संस्थापक एवम् कालोदय मा.वि. पार्टी पोखराका निर्देशक दुर्गादत्त पगेनी र ब्रहम कुमारी इश्वरीय विश्वविद्यालय पार्दी शाखा पोखराका प्रमुख राजयोगिनी अप्सराको पनि उपस्थिती रहेको छ ।
कार्यक्रममा रूपा गाँउ पालिका अध्यक्ष नवराज ओझा दुर्गा कमला शैक्षिक अक्षयकोषका संस्थापक दुर्गादत्त पगेनीले बोलेका थिए भने ब्रहम कुमारी इश्वरीय विश्वविद्यालय पार्दी शाखा पोखराका प्रमुख राजयोगिनी अप्सराले कार्यक्रम मूल्य शिक्षा सम्बन्धि प्रवचन दिएकी थिइन् ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानध्यापक चुमानसिंह गुरुङ र सञ्चालन शिक्षक वेदहरी सुवेदीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







