आज विश्व रेडक्रस दिवस


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित




विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी विश्वभर मनाइन्छ। रेडक्रसका संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए।

सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो।

नेपालमा २०२० सालमा रेडक्रसको स्थापना भएको थियो। ७७ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ ।

रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो ।

रेडक्रसका मुख्य सिद्धान्तहरू:

१. मानवता
२. निष्पक्षता
३. तटस्थता
४. स्वतन्त्रता
५. स्वयंसेवा
६. एकता
७. सर्वव्यापकता ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।