पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ पोखरा महानगरपालिकाको सल्लाहकारमा मनोनित भएका छन् ।
महानगरको १० औं कार्यपालिका बैठकले गुरुङलाई सल्लाहकारमा मनोनयन गरेको हो ।
पोखरा १६ अर्मला निवासी गुरुङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष गुरुङ समेत हुन् । उनी ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पनि हुन् ।
गुरुङ बगर भाई खलक र सहारा क्लव पोखराका सल्लाहकारको भूमिकामा छन् । यसका साथै उनी थुप्रै संघसंस्थामा विभिन्न भुमिकामा आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







