पोखरा, बैशाख २६
कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भएको बैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको तीन दिने मेला सम्पन्न भएको हो । शुरुमा तीन दिन भनेपनि मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका खेलहरु नसकिएपछि एक दिन लम्ब्याइएको थियो ।

मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लव स्याङ्जाले जितेको छ । प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी–१२ बाबियोडाँले द्वितीय स्थान प्राप्त ग¥यो । बिजेता चापाकोट युवा क्लवले १ लाख ११ हजार १ सय ११ र उप–बिजेता ठकुरी समाजले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै, बास्केटबल प्रतियोगिताको उपाधि मोर्दीखोला युवा क्लवले जित्दै एक लाख ११ हजार रुपैयाँ प्राप्त ग¥यो भने थन्कु देउराली युवा क्लवले उपबिजेता हुँदै ५५ हजार ५ सय ५५ सय प्राप्त ग¥यो ।
महोत्सवको अवसरमा आयोजित ठेलो ९छेलो० प्रतियोगितामा यमन गुरुङले प्रथम हुँदै २५ हजार र किरण सुनारले द्वितीय हुँदै १५ हजार जिते ।
सामुहिक रस्साकस्सी प्रतियोगिताको महिलातर्फ मकैखोला आमा समूहले प्रथमहुँदै १५ हजार र गैरीगाउँ आमा समूहले द्वितीयहुँदै १० नगद हजारसहित ट्रफी हात पारे ।
बिजेताहरुलाई मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, आयोजक याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
मेलाको अवसरमा लेकाली ब्याण्डको लाईभ प्रस्तुती, ईन्द्र कँडेलको ईन्द्रेणी कार्यक्रमको लाईभ प्रस्तुती, लोकदोहोरी गायक चिज गुरुङ र मीना लामाको प्रस्तुतीमा दर्शक झुमेका थिए ।
मेलाको अवसरमा होमस्टेमा विशेष छुट दिईएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







