श्रीपती समाजसेवा पुरस्कारका लागि विवरण उपलब्ध गराउन आह्वान


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित




पोखरा, बैशाख २६

श्रीपती समाज सेवा पुरस्कारका लागि विवरण उपलब्ध गराउन सार्वजनिक आह्वान भएको छ । विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएका व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिदै आएको पुरस्कारलाई निरन्तरता दिदै पुरस्कार स्थापना कर्ता श्रीपति कोइराला गुठीले यस वर्षका लागि विवरण उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको हो ।

समाजसेवी श्रीपति कोइरालाको नाममा स्थापना भएको गुठीले हरेक वर्ष २ लाख २२ हजार २ सय २२ रुपैयाँ राशीको यो पुरस्कार प्रदान गर्दै आएको छ । गुठीका सदस्य सचिव नवराज कोईराला द्वारा जारी सार्वजनिक आह्वानमा भनिएको छ,‘सामाजिक सेवा, मानवीय विविध क्षेत्र ः शिक्षा, संस्कृति, मानवीय विपद् उद्धार एवम् राहत, स्वास्थ्य, सामाजिक जागरण, विज्ञान र प्रविधिलगायत समाजसेवामा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संघ संस्थाबाट छनोट गरी श्रीपति समाजसेवा पुरस्कार २०८० प्रदान गरिने हुँदा विगतका वर्षहरुमा सम्पादन गरेका समाज सेवा कार्यक्रमहरुको विवरणसहित २०८० साल जेठ ३० गतेसम्म विवरण उपलब्ध गराईदिन अनुरोध गर्दछौं ।’

गुठीले सामाजिक पत्रकारिता पुरस्कारपनि प्रदान गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।