पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मंगलबार मञ्चको चौंथो वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशनबाट कोइराला निर्वाचित भएका हुन् ।
कोइरालाले प्रत्यासी रोहितराज पराजुलीलाई ४ मतान्तरले पराजित गरे । कोइरालाले १२ मत ल्याएर निर्वाचित हुँदा प्रत्यासी पराजुलीले ८ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित कोइराला यसअघिपनि अध्यक्ष थिए ।
यस्तै मञ्चको उपाध्यक्षमा विसन क्षेत्री, सचिवमा तारा चापागाईं र कोषाध्यक्षमा उमा आले मगर सर्वसम्मत भए । यस्तै सदस्यहरुमा ऋषिराम बराल, उमेश पुन, यूवराज श्रेष्ठ र यूवराज गुरुङ ‘यूनिश’ चयन भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







