आजको मौसम कस्तो रहला ?


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित




काठमाण्डौं । बुधबार दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसअघि मंगलबार पोखराको न्यूनतम १६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।