सुनको भाउ चार सय रुपैयाँले बढ्यो


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित




सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

साताको चौथो दिन आज सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो ।

यसैगरी ,चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।