कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको
बातए
। “भारतमा पनि सङ्क्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उन्ले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन ।
त्यसैले सङ्क्रमण घटिरहेको छ ।” सङ्क्रमण बाहिरबाट आउने र यहाँ भएका सङ्क्रमितमध्ये सरेर सङ्क्रमण बढ्ने गर्दछ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइन्छ । यही वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







