वैशाख २८ पोखरा । सञ्चारकर्मी मिलन तमुलाई पितृशोक परेको छ । बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार तमुलाई पितृशोक परेको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पुरानो घर भएका गुरुङको बुधबार दिउँसो ३ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गुरुङ पछिल्लो समय पोखरा महानगरपालिका– २७ रिठ्ठेपानी बस्दै आएका थिए ।
विगत केही वर्षदेखि पेट र छातीसम्बन्धी समस्याबाट ग्रसित गुरुङको ९३ वर्षको उमेरमा निधन भएको हो । गुरुङ छ गोर्खा राइफल्सको अवकाश प्राप्त वफादारी सेना हुन् । पछिल्ला केही वर्षयता बेलायत बसोबास गर्दै आएका गुरुङलाई उनकै चाहनामा केही महिनाअघि मात्रै नेपाल ल्याइएको थियो ।
पारिवारिक स्रोतका अनुसार दिवांगत गुरुङको शुक्रबार अत्यस्टी गरिने भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







