,

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित




फाइल तस्विर

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।

आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।

समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।