पोखराको मालेपाटनमा क्रेनको ठक्करबाट एक महिलाको ज्यान गयो


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको मालेपाटनमा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बिहीवार हिजो दिउँसो क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको ज्यान गएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा उनलाई क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शी बताए ।

अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज ज्यान गएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।