वैशाख २९ पोखरा । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर चरक मेमोरियल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको नागढुङ्गास्थित अस्पतालले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ७० यूनिट रगत संकलन भएको छ ।
पछिल्लो समय पोखरामा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको अस्पतालले जनाएको छ ।
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसरमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा यो दिवस नेपालमा पनि मनाउने गरेको हो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







