मधेस प्रदेशको प्रतिष्ठित “रामा यादव पत्रकारिता पुरस्कार–२०७९” वाट पोखराकी संचारकर्मी अनिषा श्रेष्ठ र र २०८० वाट प्राईम टेलिभिजन काठमाण्डौकी संचारकर्मी सृजना कार्कीलाई सम्मान गरिएको छ ।
रौतहडको रेड टेलिभिजनकी संचालिका रामादेदी यादवको कोरोना संक्रमणले मृत्यु भएपछि उनको स्मृतीमा रेड टेलिभिनले स्थापना गरेको सम्मानवाट श्रेष्ठ र शर्मालाई सम्मान गरिएको हो ।
जयरामा मिडिया प्रालिद्वारा गौरमा यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रालिका अध्यक्ष जयप्रकाश यादवले उक्त पुरस्कारको घोषणा गरेका थिए तर स्थानिय तह निर्वाचनको विचमा परेका कारण अघिल्लो वर्ष सो पुरस्कार वितरण गरिएको थिएन ।
त्यसैले टेलिभिजनमै एक औपचारिक कार्यक्रम मार्फत् दुवै वर्षको पुरस्कार यो पटक दिईएको हो । पुरस्कारको राशी २६००५ रुपैया रहेको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मी श्रेष्ठलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेका हुन् ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन प्राधिकरणको स्थापना गरिएको धारणा राखे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरे ।
कार्यक्रममा पुरस्कृत संचारकर्मी श्रेष्ठले सम्मान र पुरस्कारले कार्य क्षेत्रमा खटिने थप हौषला प्रधान गरेको धारणा राखिन् । देशै भर महिला संचारकर्मीहरु विभिन्न खाल समस्याहरुमा विद्रोह गर्दै अगाढी वढ्नु परेको पनि उनको भनाई थियो । समाजले हेर्ने दृष्टीकोण, कार्यक्षेत्रमा हुने विभिन्न खाले असुरक्षालाई पनि प्रतिवाद गर्दै संचारकर्ममा लागेका महिला हरुको हितका लागि राज्यले विशेष योजना ल्याउनु पर्ने पनि उनको भनाई थियो ।
स्वास्थ्य क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई हरेक वर्ष पुरस्कृत गरिने आयोजनको योजना अनुसार पुरस्कृत अनिषा श्रेष्ठ पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत छिन्। ।
श्रेष्ठ हेल्थ अपडेट मासिकको प्रधान सम्पादक तथा संचालक र स्वास्थ्य पत्रकार संघ गण्डकीको महासचिव समेत हुन् । हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश भइ आएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई…







