वैशाख ३१ पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन ।
स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।
सोही अनुरुप बरेङ गाँउपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले युनाइटेड क्लब पोखराले पोखरा देखी टाढा गुल्मीको सिमानमा रहेको बाग्लुङको दुर्गम गाँउ बरेङमा आइ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी उक्त क्षेत्रमा रहेको जेष्ठ नागरिक, अपाङ्ग, निम्न आयस्तर भएका नागरिकहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।
सो अवसरमा वोल्दै बरेङ गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरसेङ पुनले दुरदराजमा रहेको बरेङ गाँउमा आएर युनाइटेड क्लबले आफ्नो क्षेत्रमा रहेको नागरिकहरुको स्वास्थ्य प्रति देखाएको चासोको प्रशंसा गर्दै युनाइटेड क्लव प्रति आभार प्रकट गरे ।
त्यस्तै शिविरमा सहभागी डाक्टर सरोज पोख्रेलले बरेङ गाँउमा युनाइटेड क्लबको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरी त्यहांको नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने र रोगको पहिचान गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले युनाइटेड क्लबले प्रत्येक वर्ष दुर दराजमा रहेको ग्रामीण भेगका जनताहरुलाई लक्षित गरी निःशुल्क रुपमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप बाग्लुङको दक्षिण पश्चिममा रहेको गुल्मी संग सिमाना जोडिएको बरेङ गांउमा शिविरको आयोजना गरिएको बताए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







