पोखरा । पोखरामा आइतबार साँझ चट्याङ लागेर एउटा गोरु मरेको छ ।
अपरान्ह ४ बजेदेखि पोखरामा विषण वर्षासँगै परेको चट्याङ लागेर पोखरा–२२ खाल्सेको साईस्वारा भन्ने स्थानमा स्थानिय होमबहादुर कुँवरले पालेको गोरु मरेको हो ।
अपरान्ह करिव साढे ४ बजेको समयमा कुँवरले हल गोरु बाध्दै आएको गोठमा चट्याङ लागेर एउटा गोरु मरेको स्थानिय पूर्व शिक्षक एवं एभरेस्ट एफएमका नियमित श्रोता प्यामलाल बरालले जानकारी दिए । संगै बाँधेको अर्को गोरु भने सकुशल रहेको उनले बताए ।
सो ठाउँमा यसअघिपनि स्थानिय काँशीराम विकको घरमा चट्याङ पर्दा उनका छोरा सन्जिप घाइते भएका थिए भने एक गोठमा चट्याङ लाग्दा स्थानिय एक जनाले पालेको भैसी मरेको उनले एभरेस्ट आवाज डटकमलाई जानकारी दिए ।
हाल मनसुन न्यून चापिय रेखा तराईको भू–भागमा अवस्थित रहँदा मनसुनि गतिविधि देशभर सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जनाएअनुसार आज राती गण्डकी र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार साँझ ५ : ४५ बजे गरिएको मापन अनुसार पोखरामा ११ दशमलव मिलिमिटर वर्षा भएको थियो भने अधिकतम तापक्रम ३१ दशमलव एक र न्यूनतम तापक्रम १८ दशमलव एक डिग्रि सेल्सियस मापन गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई…







