वैशाख ३१ पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधिसभा सदस्य रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाण्डौंको बुढानिलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत काठमाण्डौंबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार भएका थिए । रायमाझी फरार भएको झण्डै १० दिनपछि पक्राउ परेका छन् । सोही प्रकरणमा संलग्नता रहेको भन्दै उनका छोरा सन्दीपलाई भने प्रहरीले गत आइतबारनै भैरहवाबाट पक्राउ गरेको थियो ।
नेकपा एमालेका तत्कालिन सचिव समेत रहेका उनी पदबाट निलम्बित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







