जेठ २ पोखरा । अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा आजदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ ।
तालिमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले उद्घाटन गरे ।
कार्यक्रममा कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको जरो भएको बताउँदै यो नैतिक चेतना र सभ्यताको श्रोत भएको उल्लेख गरे । बाहिरी संसारले उच्च महत्त्व दिनुका साथै माया गरेको यस वाङ्मयलाई हामीले कदर गर्न नसकेको उनले बताए ।
विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको उल्लेख गर्दै उनले हाम्रो सभ्यता र संस्कृतिको मौलिकता जोगाउन संस्कृतको पठनपाठनलाई तल्लो तहसम्मै पु¥याउनु जरुरी रहेको बताए । क्षमता विकास तालिमले शिक्षाको गुणस्तरीयता अभिबृद्धि गर्ने उनले बताए ।
नेपाल संस्कृत विश्विद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले विश्वविद्यालयले सबै प्राध्यापकहरूलाई प्राज्ञिक अध्ययन र अनुसन्धानका निश्चित कार्य गर्नै पर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
पदोन्नतिका लागि मात्र अनुसन्धान गर्ने प्रवृत्ति रहेकोमा जोड दिदै उनले तालिम र अभिमुखीकरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठलाई अनुसन्धान एवम् प्राज्ञिक क्षेत्रमा गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
विद्यापीठका संस्थापक प्राचार्य सह प्राध्यापक श्रीराम बरालले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताए ।
विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सह प्राध्यापक डा. चूडामणि कँडेलले स्वागत गरेका थिए ।
सहप्राध्यापक सत्यराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यपत्र प्रस्तुतीका दुई सत्र अन्तर्गत पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागका उपप्राध्यापक डा.सवीन्द्रराज भण्डारीले प्रोस्पेक्ट्स एण्ड च्यालेन्ज्स अफ टिचिङ कम्पलसरी इङ्गलिस इन शास्त्री फस्ट एण्ड सेकेन्ड इयर (prospects and challenges of teaching compulsory English in shastri 1st and 2nd year ) विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक भरत ढकालले टिप्पणी गरेका थिए । प्राध्यापकहरू श्यामप्रसाद पौडेल, अम्बिकाप्रसाद भट्टराई, योगराज पौडेल, विष्णुप्रसाद शर्मा, प्रकाश पौडेलले विभिन्न जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







