पञ्चाङ्ग प्रशिक्षण शुरु


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित




पोखरा । गीता अध्ययन प्रतिष्ठान पोखराको आयोजनामा पञ्चाङ्ग प्रशिक्षण कार्यक्रम शुरु भएको छ । पञ्चाङ्ग (पात्रो) हेर्ने कुरामा समेत कतिपय कुराहरु छुट्याउन नसकिने र त्यसबाट उत्पन्न हुने दुविधालाई न्यूनिकरण गर्ने मूल उद्देश्य राखेर गीता अध्ययन प्रतिष्ठान पोखरा कास्कीले पञ्चाङ्ग (पात्रो) हेर्ने प्रशिक्षण कार्यक्रम अनलाइन मार्फत संचालन गरिएको प्रशिक्षक सह–प्राध्यापक ज्योतिष दिनानाथ पण्डितले जानकारी दिए ।
ज्योतिष शास्त्रको संरक्षण गर्नु, पञ्चाङ्गमा भएका सामान्य विषयवस्तुको समेत जानकारी गराउनु र हाम्रा चाडपर्व, व्रत, नक्षत्र, तिथिहरुका बारेमा पूर्ण जानकारी हुन आवश्यक भएकाले पनि यो प्रशिक्षण फलदायी हुने विश्वास गरिएको प्रशिक्षक सहप्राध्यापक पण्डितको भनाई छ ।
यही हालै संचालन भएको प्रशिक्षण कार्यक्रम अनलाइन मार्फत भएकाले देश विदेशबाट प्रशिक्षार्थीहरुले भाग लिइरहेका छन् । यो प्रशिक्षण कार्यक्रमले देश तथा विदेशमा रहेका ज्योतिष अनुरागीहरुमा एकरुपता ल्याउने उद्देश्यले निःशुल्क प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताउँदै हरेक बुधबार र शनिवार राती ७.४५ बजेदेखि गुगल मिट अनलाइन मार्फत नियमित रुपमा गीताको वाचन र प्रशिक्षण गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष दुर्गा न्यौपानेले बताइन् ।
प्रतिष्ठानकी अध्यक्ष न्यौपानेको नेतृत्वमा भएको यो कार्यक्रमले आफूहरुलाई पञ्चाङ्ग सम्बन्धि ज्ञान दिँदै ज्योतिष विधाको महत्व र आवश्यकताको बोध हुने भएकाले पनि यसमा आफूहरु प्रशिक्षार्थीको रुपमा रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । प्रशिक्षक पण्डितका धार्मिक कर्मकाण्ड र ज्योतिषसँग सम्बन्धित ४ दर्जन बढि पुस्तकहरु प्रकाशित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।