तनहुँ । नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अध्यक्ष अमरराज नहर्कीले बताए।
प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले वाग्ले, बस्नेत र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले बताए ।
पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । यही जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौँ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष नहर्कीले बताए ।
राससका कार्यकारी सम्पादक तथा प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेत त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । राससको प्रमुख समाचारदाता र बोर्ड सदस्य हुनुभएका बस्नेत साढे दुई दशकदेखि राससमा आबद्ध छन् ।
नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिने पत्रकारिता तालिम लिएका उनी हाल सेफर्ड कलेज बानेश्वर काठमाडाँैमा पत्रकारिता विषय पढाउछन् भने पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्यका रुपमा कार्यरत छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई…







