पोखरा ११ मा क्षमता अभिबृद्दि तालिम सम्पन्न, २५ महिला सहभागि


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८० मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ११ ले सामाजिक क्षेत्रमा क्रियाशिल महिला तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको सहयोग र पोखरा ११ को आयोजना तथा संयोजनमा जेठ ४ र ५ गते २ दिन तालिम दिइएको थियो ।
तालिममा कसरी प्रभाबकारी ढंगले बोल्ने (भाषण कला) , कसरी कार्यक्रम संचालन (उद्घोषण) गर्ने , नेतृत्व बिकास, समूह निर्माण र सहकार्य , बैठक संचालन सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक रनसुबा गुरुड.ले जानकारी दिए ।शुक्रवार आयोजित तालिम समापन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले तालिमले महिलाको समग्र क्षमता अभिबृद्दिकालागि सहयोग पुयाएको महसुस गरेको बताए । भाषण , उद्घोषण गर्न , महिला सशक्तिकरण र नेतृत्व बिकासको उद्देश्यले तालिम संचालन गरिएको र सो उद्देश्य अनुसार नै महिलाको क्षमतामा रुपान्तरण आएको वडा अध्यक्ष कर्माचार्यले बताए ।२ दिनको तालिमले नै महिला दिदी बहिनीहरु निर्धक्क बोल्ने र कार्यक्रम उद्घोषण गर्न सक्ने भएको देख्दा आफूलाई गौरवान्धित महसुस भएको उनले बताए । उनले सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।वडा सदस्य सुशिल बास्तोलाले अधिकांश महिलामा अगाडि गएर बोल्न डराउने , कार्यक्रम संचालन गर्न नसक्ने लगायतका समस्या देखिएकाले त्यस्तो समस्या समाधानका लागि क्षमता अभिबृद्दि तालिम वडाले राखेकोमा तालिममा सहभागि महिलामा ज्ञान, सिप र आंट आएको बताए । अर्का वडा सदस्य बिष्णुप्रसाद घिमिरेले महिलाहरुको २ दिनसम्म उत्साहजनक सहभागिता रहेको बताउदै व्यबहारमा प्रयोग गर्न आग्रह गर्दै शुभकामना दिए ।वडा कार्यालय ११ का अनिता गुरुड.ले वडामा धेरै नै तालिम संचालन गरिए पनि यस क्षमता अभिबृद्दि तालिम अत्यन्त प्रभाबकारी भएको पाउदा आफूलाई खुसी लागेको बताए । उनले आगामि दिनमा पनि लक्षित समूहको रोजाई अनुसार यस्तै शैलिको कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
समापन समारोहमा अनुभब मन्तब्य ब्यक्त गर्दै सहभागि महिलाहरु गोमा ढुंगाना , पुनम खांण ठकुरी, स्मृति बस्तोला,लक्ष्मी छेत्री, उमा श्रेष्ठ,कल्पना बास्तोला, स्वर्णिमा ढुंगाना,कृपा ढकाल, प्रमिला पालिखे, राधा श्रेष्ठ , हरिकाशी पालिखे लग्यतले तालिम प्रभाबकारी रहेको बताउदै आफूहरुमा भाषण कला, उद्घोषण कला र नेतृत्व बिकास बारे ज्ञान र सिप प्राप्त भएको, प्रयोगात्मक सिकाईले अनुभब प्रदान गरि आत्म बिश्वास बढाएको बताए । अब कार्यक्रमहरुमा मन्तब्य राख्न सक्ने र समूहको कार्यक्रम आफैले बिधि प्रक्रियापूर्बक चलाउन सक्ने उनीहरुले दृढता ब्यक्त गरेका थिए ।
पोखरा ११ ले आयोजना गरेको २ दिने तालिममा सामाजिक क्षेत्रमा क्रियाशिल महिला र महिला स्वास्थ्य स्वयंसेवी गरि २५ जनाले सहभागीता जनाएका थिए । समापन समारोहमा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।वडा सदस्य तथा तालिम संयोजक रनसुबा गुरुड.को अध्यक्षतामा भएको समापन समारोह सहभागि प्रशिक्षार्थी सुशिला पौडेलले संचालन गरेको थिए ।
तालिमको संचारकर्मि दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।