पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा गोरखामा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न भएको छ ।
“उच्च शिक्षा, हाम्रो लक्ष्य” भन्ने नाराका साथ प्रतिष्ठानले जिल्ला सदरमुकाम स्थित गोरखा बजारमा विभिन्न सामुदायिक विद्यालयहरुका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुविच छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको हो ।
३९ जना तमु विद्यार्थीहरुको सहभागिता रहेको उक्त छनौट परिक्षा प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्व , सदस्य लोकबहादुर तमुको संयोजकत्व, सचिव कन्चन तमु, सह-सचीव भेषबहादुर तमु, कोषाध्यक्ष ओमबहादुर तमु र अक्षयकोष दाता संस्था तमु (गुरुङ) समाज कतारका निवर्तमान अध्यक्ष खुशीमान तमुको सक्रियतामा गरिएको थियो ।
कार्यक्रममा गोरखा जिल्ला समितिका सचिव चन्द्रबहादुर तमु, जनकल्याण मा.वि.का सह-प्रधानाध्यापक आश तमुले यस खालको छनौट परिक्षाले पढ्न ईच्छाशक्ति भएका व्यक्तिलाई राम्रो अवसर प्रदान हुने बताए ।
विद्यार्थीहरुलाई उक्त परीक्षामा सहभागी गराउन तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखाका अध्यक्ष रामबहादुर तमुले व्यवस्थापन तथा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
परीक्षामा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश सदस्य शुकबहादुर तमुको समेत उपस्थिति रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







