लामिछानेको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित




काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो ।

लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ । लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।