
आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।
गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किरातीले १९९७ सालमा युगकविले क्रान्तिविना शान्ति हुँदैन भन्ने कविता लेखेबापत १८ वर्ष जेलजीवन बिताएको उल्लेख गरे। नेपाली राजनीतिमा परिवर्तन ल्याउन उहाँको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीको भनाइ थियो ।
“युगकवि जस्तै आजको युगले अर्को साहित्यकार मागिरहेको छ”। उनले भने। युगकवि श्रेष्ठको जन्म १९९७ जेठ ९ गते भए पनि उहाँको जन्मजयन्तीलाई आजदेखि तीन दिनसम्म मनाइँदै छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।