प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८० मा प्रकाशित




जेठ ८ पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत चयन भएका छन् ।

युनियनको पोखरामा आइतबारबाट शुरु भएको १० औं अधिवेशनले मिश्रको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको होे । समितिको उपाध्यक्षमा : उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिलामा ज्योति हमाल, सचिवमा धनबहादुर गुरुङ (सुमन), सहसचिवमा सपना अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी, चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा सञ्जय आचार्य, अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, चेतबहादुर थापा (प्रविण), प्रतिभा सापकोटा, देविका तामाङ, सविन वि.क. र बलबहादुर रोका मगर चयन भएको निर्वाचन संयोजक राजबहादुर गुरुङले जानकारी दिए ।

हिजै नयाँ कार्यसमिति चयन हुनुपर्नेमा अध्यक्षसहित पदाधिकारीमा आकांक्षी धेरै भएपछि सोमबार साँझमात्रै सहमतीमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सकिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।