हाइकिङको लागि पुर्व तयारी अवलोकन भ्रमण


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८० मा प्रकाशित




जेठ ८ पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् ।

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो ।

समुहमा क्लबका सदस्य एवं आइटि संयोजक पितम सेन ठकुरी, पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङ, पत्रकार धनश्याम पौडेल, विनोद कार्की र समाजसेवी कृष्णमान श्रेष्ठ रहेका थिए ।

उक्त टोली कोत्रे वजारमा ९ वजे पुग्यो । कोत्रे वजारबाट दगाम सामुदायिक होमस्टेकी अध्यक्ष तिला थापा मगरलाई जानकारी गरायो । र कोत्रेबाट पैदल ज्वालादेवी वन, मकनपुर गाउँ, भुजिकोट गाउँ हुर्दै करिब साढे ११ वजे दगाममा पुगेको थियो ।

दगाममा होमस्टे अध्यक्ष तिला थापा, समाजसेवी नन्द थापा लगाएतले स्वागत गर्दै होमस्टे, गाउँ र गाउँमा रहेका प्रख्यात देविथानहरुको वारेमा जानकारी गराएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।