कागेश्वरी–मनोहराको फुटवल टोली मुक्तिनाथ हुँदै पोखरामा


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०८० मा प्रकाशित




जेठ ९ पोखरा । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको फुटवल टोलीले मुक्तिनाथ मन्दिर हुँदै पोखरा रंगशालाको अध्ययन अवलोकन गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज खड्का सहितको फुटबल टोलीले मुस्ताङको मुत्तिनाथ मन्दिर र पोखरा रंगशालाको अध्ययन अवलोकन गरेको वडा सदस्य महेश्वर श्रेष्ठले बताए ।

केही समयअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको अन्तर वडा फुटवल प्रतियोगिताबाट छनौट भएका १६ जना खेलाडी सहित १९ जना टोलीमा सहभागि छन् । टोलीले पोखरा रंगशालाको १ अर्ब २८ करोडको लागतमा निर्माण भएको फुटवल स्टेडिएम सहितकोे भौतिक संरचना, पोखरामा जारी वडा कप फुटवल प्रतियोगिताको समेत अवलोकन गरेको छ । टिमको व्यबस्थापकमा प्रविन फुयाल रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।