काभा महिला भलिबल : नेपाल उपविजेता


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित




जेठ १० काठमाण्डौं । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो ।

त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।