राप्रपा पोखरा महानगर कार्यसमितिको हर्कचोकमा पार्टी कार्यालय स्थापना


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित




पोखरा ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामहानगर कार्यसमिति, कास्कीको कार्यालय बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य, गण्डकी प्रदेश सभासद् तथा राप्रपा संसदीय दलका प्रमुख सचेतक विन्दु पौडेल(पहाडी)को प्रमुख आतिथ्यतामा पोखरा–७, हर्कचोकमा समुद्घाटन गरियो ।

महानगर कार्य समितिका अध्यक्ष महेश्वर अचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू जयलाल पुन, कृष्णकुमारी सुवेदी, शिव चालिसे, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय महासचिव रन्जना सेन पौडेल, राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, राप्रपा क्षेत्र नं. २ (ख) का अध्यक्ष देवेन्द्र किशोर बास्तोला, राप्रपा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष तीर्थ सुवेदी, कास्की क्षेत्र नं. ३ (ख) प्रदेशसभा अध्यक्ष तीर्थ सुवेदी, राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन केन्द्रीय सदस्य सीता खड्का र राप्रपा कास्की पूर्व जिल्ला उपाध्यक्ष परमेश्वर बस्ताकोटी लगायतका वक्ताहरूले देशमा विद्यमान भ्रष्टाचार लगायतका व्यथितिको विरुद्ध एकातावद्ध भएर लाग्न र संगठन विस्तारमा जोड दिए ।

सो अवसरमा यही जेठ १५ गते विहान ११ बजे राप्रपा पार्टी स्थापना दिवसको दिन पोखरा उप–महानगरपालिकाका पूर्व मेयर सहिद हर्कबहादुर गुरुङको शालिक रहेको स्थान पोखरा–७, हर्कचोकमा राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष क्षेत्र बहादुर के.सी. लगायतका सहिदहरूको सम्झनामा चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिने पोखरा महानगर कार्य समितिका अध्यक्ष महेश्वर आचार्यले बताए ।

कार्यक्रमको स्वागत मन्तव्य पोखरा महानगर कार्य समितिका उपाध्यक्ष जमुना ढकाल गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष ईश्वरी चापागाईले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।