पोखरा १ का प्रमुख नाकासहित मुख्यचोकमा सिसि क्यामेरा जडान


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०८० मा प्रकाशित




जेठ १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ ले वडाका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेका् छ ।

वडा प्रवेश गर्ने चार नाका र मुख्यचोकमा वडाले सिसि क्यामेरा जडान गरेको वढा अध्यक्ष सहारा प्रधानले जानकारी दिए । वडा प्रवेश गर्ने प्रमुख नाका सिमपानि, नदिपुरस्थित प्रदेश प्रवेश गर्ने स्थान, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, हरिचोक लगायतका स्थानमा क्यामेरा जडान गरिएको अध्यक्ष प्रधानले बताए ।

जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुगेको अवसर पारेर वडा स्तरीय ८ लाख रुपैयाँको लागतमा क्यामेरा जडान गरिएको अध्यक्ष प्रधानले बताए । वडाभित्र हुनसक्ने गतिविधि सिसि क्यामेरा मार्फत निगरानी गर्ने बताउदै कुनै दुर्घटना लगायतका कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहजता होस भनेर क्यामेरा राखिएको हो अध्यक्ष प्रधानले भने ।

सिसि क्यामेरालाई वडा प्रहरी कार्यालय बगरले नियाल्ने गरि प्रहरीलाई जिम्मेवारी दिईएको छ । आज हामी एकदम खुशी छौ र थप जिम्मेवारी महशुस गरेका छौं वडा सदस्य शोभा गुरुङले भनिन्, ‘हामी हाम्रा वडाबासीहरूको सेवक बन्ने प्रतिबद्वता गरेका थियौ र गत बर्षको बैशाखको निर्वाचनमा नागरिकले अनुमोदित गर्दै विजयी गराउनुभयो ।’

उनले थप्दै भनिन, ‘जिम्मेवारी लिएको आज ठिक एक वर्ष पूरा भएको छ । यस सुखद अवसरमा हाम्रो वडाबासीहरूको शान्ति सुरक्षा एवम् अमन चयन कायम राख्न तथा अवाञ्छित गतिविधि रोक्न यस वडामा प्रवेश गर्ने चारवटै प्रवेशद्वार र चोक चोकमा सिसि क्यामेरा जडान गरेको छौ ।’

वडाका चार नाका र मुख्यचोकमा जडान गरिएको सिसि क्यामेराको वडा अध्यक्ष सहारा प्रधानले शुक्रबार उद्घाटन गरेका थिए । सिसि क्यामेरा जडानको संयोजन वडा सदस्य रामजी प्रसाद पौडेलले गरेका थिए ।

त्यस्तै निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा वडामा आउने सेवाग्राहीलाई निशुल्क फोटो कपिको व्यवस्था समेत गरिएको छ ।

जन्मदर्ता, मृत्युदर्ता, विभिन्न खालका सिफारिसहरूका साथै पञ्जिकाकरण सम्बन्धि काममा आउने सेवाग्राहीले फाटोकपि गरेर नल्याउदा समस्या खेप्नु परेको भन्दै निशुल्क रुपमा वडा कार्यालयले फोटोकपि सेवा उपलब्ध गराउने व्यवस्था गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।