श्रीच्छा प्रधानले पहिरिइन् मिस नेपाल २०२३ को ताज


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८० मा प्रकाशित




काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वल्र्ड २०३२ को उपाधी जितेकी छन् । शनिबार गोदावारीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २३ जना सेमिफाइनलिस्ट सुन्दरीलाई पछि पार्दै उनले ताज पहिरिइन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।
मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

२४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।