साङ्केतिक तस्विर
पोखरा । पोखरामा शनिबार राती जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राती पोखरा–२५ हेम्जाको सुन्दरपुरीचोकमा जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
राती करिव ९ बजेको समयमा बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ नम्वरको जीपले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो । अन्दाजी ३० वर्षका जस्ता देखिने पुरुषलाई घाइते अवस्थामा देखेपछि उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल ल्याइकोमा चिकित्सकले राती १० बजे मृत घोषणा गरेको थियो । मृतकको हालसम्मपनि नाम, ठेगना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







