लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया : मन्त्री थापामगर


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताएका छन ।

नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’

उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबै भन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए ।

उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे ।

नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आलेले शुभकामना मन्तव्य राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।