रास्वपा सांसद विन्दबासिनीले लिइन् शपथ


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




जेठ १५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

सोमबार सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

२ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकारलाई रास्वपाले समानुपातिक सांसद बनाएको हो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।