संसदमा अर्थमन्त्री महतद्वारा बजेट भाषण जारी


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गरेका छन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गरेका हुन् ।

संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ ।

बजेट संसदमा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषदको बैठक बसेर त्यसलाई पारित गरेको थियो । यो वर्षको बजेट कस्तो आउँछ भन्ने विषयमा सबैको चासो रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।